शंखरापुरमा कविर शर्माको तीव्र घरदैलो: ‘एजेन्डा २६’ सहित युवा नेतृत्वप्रति बढ्दो जनसमर्थन

lawanyasandesh.com

साँखु, काठमाडौँ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कविर शर्माले आफ्नो चुनावी अभियानलाई तीव्र र व्यवस्थित रूपमा अगाडि बढाइरहेका छन्। बिहीबार शंखरापुर नगरपालिका–५ मा आयोजित घरदैलो कार्यक्रम स्वस्थानी माताको दर्शनबाट सुरु भई टक्कीबाट माथि उक्लँदै रेग्मी, थापा, दङ्गाल, पोखरेल टोल हुँदै अन्तिम घर परशुराम न्यौपानेको घरसम्म पुगेर सम्पन्न भएको थियो। मचागाल क्षेत्रबाट थिचोलेर पालुवारी, बिशम्भरा र कार्तिकेसम्म फैलिएको उक्त कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य, उत्साहजनक र आत्मीय सहभागिता देखिएको थियो।


तामाङ, नेवार, क्षेत्री र बाहुन–जैसी समुदायको मिश्रित बसोबास रहेको यस क्षेत्रमा बिशम्भरा नारायण र कार्तिकेको मनोरम दृश्य, उत्तरतर्फको हरियाली जंगल तथा दक्षिणतर्फको पारिलो भू–भागले घरदैलो कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। वृद्धवृद्धादेखि युवा मतदातासम्मले “यसपालि परिवर्तनका लागि युवा नेतृत्व” भन्दै समर्थन जनाएका थिए। धेरै स्थानमा स्थानीयले टीका, खादा र शुभकामनासहित स्वागत गर्दै शर्मालाई आशिर्वाद दिएका थिए। मतदाताको आँखामा देखिएको भरोसा र “यसपटक जिताएर पठाउँछौँ” भन्ने प्रतिबद्धताले चुनावी माहोल थप उत्साहित बनेको देखिएको छ।


भूगोल सुहाउँदो ‘एजेन्डा २६’

भूगर्भशास्त्रमा स्नातकोत्तर (M.Sc. in Geology) गरेका शर्माले आफ्नो प्रतिबद्धता पत्र ‘एजेन्डा २६’ सार्वजनिक गर्दै शंखरापुरको भौगोलिक, सांस्कृतिक र आर्थिक विशिष्टतालाई केन्द्रमा राखेर विकासको स्पष्ट खाका अघि सारेका छन्। उनका प्रमुख प्राथमिकताहरू यसप्रकार छन्–

१. ग्रामीण पर्यटन तथा पूर्वाधार विकास : झुले हिले, जहरसिंह पौवा, पटाप र नाङ्गलेभारे क्षेत्रलाई पर्यापर्यटन (Eco-Tourism) हबका रूपमा विकास गर्ने योजना। साथै घट्टखोला–पटाप–कुण्डेश्वर सडकखण्ड स्तरोन्नति तथा पूर्णता दिने प्रतिबद्धता।

२. विपद् जोखिम न्यूनीकरण : पहाडी भू–बनोटका कारण सम्भावित बाढी तथा पहिरो जोखिमलाई ध्यानमा राख्दै वैज्ञानिक नक्साङ्कन, जल व्यवस्थापन र दिगो पूर्वाधार निर्माणमा जोड।

३. कृषि, उद्यमशीलता र रोजगारी : ‘बिजनेस इन्क्युबेसन सेन्टर’ स्थापना गरी युवा तथा महिलालाई कृषि, पशुपालन, पर्यटन र सूचना प्रविधिमा आधारित स्वरोजगारतर्फ उन्मुख गराउने योजना।

४. सम्पदा तथा धार्मिक पर्यटन प्रवर्द्धन : बज्रयोगिनी मन्दिर र शालीनदी क्षेत्रलाई समेटेर शंखरापुर एकीकृत धार्मिक–सांस्कृतिक गुरुयोजना कार्यान्वयन गर्ने प्रतिबद्धता।


“विज्ञता र इमानदारिता नै मेरो राजनीतिक पूँजी”

घरदैलो अभियानका क्रममा शर्माले आफूले मेलम्ची खानेपानी आयोजना तथा विभिन्न जलविद्युत् परियोजनामा विज्ञका रूपमा काम गरेको अनुभव क्षेत्रको विकासमा प्रयोग गर्ने बताए। “म केवल नारा लिएर आएको होइन, यहाँको माटो, भूगोल र सम्भावना बुझेको विज्ञता र भुइँमान्छेको इमानदारिता बोकेर आएको छु,” उनले मतदातासँग भने।


उनको सरल स्वभाव, स्पष्ट दृष्टिकोण र तथ्यमा आधारित प्रस्तुतीकरणले विशेषगरी युवा, शिक्षित तथा उद्यमशील वर्गमा सकारात्मक प्रभाव पारेको स्थानीयहरूको भनाइ छ।

घरदैलो कार्यक्रम आज शंखरापुर नगरपालिका वडा नं. ८ मा सम्पन्न भएसँगै सम्पूर्ण १७ वटै युनिटमा अभियान पूरा भएको छ। चुनावी सचिवालयका अनुसार भोलि फागुन १५ गते शुक्रबार दिउँसो २:३० बजे साँखुको चलाखुटोलमा बृहत् कोणसभा आयोजना 

प्रतिक्रिया