साँखु काठमाण्डौं। JCI Nepal को मार्गदर्शन तथा JCI Sankhu, JCI Budhanilkantha र JCI Manohara को संयुक्त आयोजनामा “संसदीय प्रणाली” सम्बन्धी प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
साँखुस्थित Devi Forest Resort मा आयोजित उक्त कार्यक्रममा युवाहरूलाई संसदीय अभ्यास, बैठक सञ्चालन प्रक्रिया, प्रस्ताव प्रस्तुति, निर्णय प्रणाली तथा नेतृत्व विकासका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथी साँखु जेसिजका संस्थापक अध्यक्ष जेसिज लब कुमार श्रेष्ठ हुनुहुथ्यो भने प्रशिक्षकका रूपमा Jc Sunil Timilsena (Past NEVP) ले संसदीय प्रणालीको व्यवहारिक प्रयोग, बैठक सञ्चालनको विधि तथा नेतृत्व क्षमताको विकासबारे सहभागीहरूलाई प्रशिक्षण दिएका थिए।
कार्यक्रममा विभिन्न JCI शाखाका पदाधिकारी, सदस्य तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले संसदीय अभ्यासलाई व्यवहारमा उतार्ने गरी समूहगत अभ्याससमेत गरेका थिए। प्रशिक्षकले संसदीय प्रणालीको सही अभ्यासले संस्थागत निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रम जलजला बचत तथा ऋण सहकारी संस्था, शंखरापुर–६ को प्रायोजनमा सम्पन्न भएको थियो। आयोजक साँखु जेसिजका अध्यक्ष जेसिज आशिष श्रेष्ठका अनुसार प्रशिक्षणले युवाहरूलाई संस्थागत नेतृत्व, निर्णय क्षमता तथा सार्वजनिक बोल्ने कला विकास गर्न महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई आगामी दिनमा यस्ता नेतृत्वमूलक तालिमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।