निर्वाचन अवधिमा पनि इन्धन आपूर्ति नियमित रहने : आयल निगमको आग्रह

lawanyasandesh.com

साँखु,काठमाण्डौं।नेपालमा आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको आपूर्ति सहज र निरन्तर रहने स्पष्ट पारेको छ। निगमले सर्वसाधारणलाई अनावश्यक रूपमा इन्धन भण्डारण नगर्न आग्रह गर्दै बजारमा अभावको कुनै अवस्था नरहेको जनाएको हो।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट ले जारी गरेको सूचनामा पेट्रोलियम पदार्थ पाइपलाइनमार्फत नियमित रूपमा आयात भइरहेको र निर्वाचन अवधिभर पर्याप्त मात्रामा आपूर्ति कायम रहने जानकारी दिइएको छ।

उनका अनुसार आवश्यकता भन्दा बढी इन्धन जम्मा गर्दा आगलागीजस्ता दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले जेरी क्यान वा ड्रममा भण्डारण नगर्न सर्वसाधारणलाई सचेत गराइएको छ। सम्भावित आगजन्य जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र इन्धन खरिद गरी सहयोग गर्न उपभोक्तासँग अनुरोध गरिएको छ।

प्रतिक्रिया