राप्रपा काठमाडौं क्षेत्र नं. २ प्रदेश ‘ख’ बाट १४ महाधिवेशन प्रतिनिधि चयन, राधाकृष्ण श्रेष्ठ सर्वाधिक मतसहित विजयी

lawanyasandesh.com

शंखरापुर (साँखु), काठमाण्डौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला निर्वाचन समिति, निर्वाचन क्षेत्र नं. २, प्रदेश ‘ख’ अन्तर्गत महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भएको छ। निर्वाचनबाट खुलातर्फ सात जना निर्वाचित भएसँगै विभिन्न समावेशी क्लस्टरबाट सर्वसम्मत चयन भएका सात जनासहित कुल १४ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्।


खुलातर्फ सात जना प्रतिनिधिका लागि १० जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। भक्ती व्यम्बो कटेज, महादेवस्थानमा सम्पन्न निर्वाचनमा राधाकृष्ण श्रेष्ठले सर्वाधिक ४०१ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्नुभएको छ। निर्वाचनमा कुल ४१२ मत खसेकोमा तीन मत बदर भएका थिए।


निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार जयराम श्रेष्ठले ३९६, विष्णुप्रसाद श्रेष्ठले ३९५, सुशील श्रेष्ठले ३९२, सुजित के.सी.ले ३९०, प्रेमप्रसाद फुयालले ३८८ र ज्ञानरत्न मानन्धरले ३६४ मत प्राप्त गर्नुभएको छ। सर्वाधिक मत प्राप्त गर्ने राधाकृष्ण श्रेष्ठसहित यी सातै जना खुलातर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो।


प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारमध्ये श्रीराम थापाले २९, दीपक खड्काले आठ र राजु अधिकारीले पाँच मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।


यसअघि महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियाअन्तर्गत विभिन्न समावेशी क्लस्टरबाट सात जना प्रतिनिधि सर्वसम्मत चयन भइसकेका थिए। उत्पीडित जातितर्फबाट कमला बोगटी, जनजातितर्फबाट जनता श्रेष्ठ र अर्चेन देव शाही तथा महिलातर्फबाट रोशनी वन्त श्रेष्ठ, विजय कुमारी वाइवा र नानू नगरकोटी लामा सर्वसम्मत चयन हुनुभएको हो।


त्यसैगरी पार्टीको नयाँ प्रावधानअनुसार ४० वर्षमुनिको समूहबाट श्याम श्रेष्ठ पनि सर्वसम्मत निर्वाचित हुनुभएको छ। यसरी उत्पीडित जातिबाट एक, जनजातिबाट दुई, महिलाबाट तीन र ४० वर्षमुनिको समूहबाट एक गरी सात जना प्रतिनिधि निर्विरोध चयन भएका हुन्।


काठमाडौं जिल्ला निर्वाचन संयोजक रामकुमार बस्नेत तथा निर्वाचन सचिव मिजेन्द्र काजी श्रेष्ठको उपस्थितिमा निर्वाचन प्रक्रिया सम्पन्न भएको थियो। दिउँसो १ बजे मतदान सम्पन्न भएको निर्वाचन समितिका अनुसार मतदानदेखि मतगणना र परिणाम घोषणासम्मका सबै प्रक्रिया शान्तिपूर्ण तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएका थिए।


खुलातर्फ निर्वाचित महाधिवेशन प्रतिनिधि

राधाकृष्ण श्रेष्ठ — ४०१ मत

जयराम श्रेष्ठ — ३९६ मत

विष्णुप्रसाद श्रेष्ठ — ३९५ मत

सुशील श्रेष्ठ — ३९२ मत

सुजित के.सी. — ३९० मत

प्रेमप्रसाद फुयाल — ३८८ मत

ज्ञानरत्न मानन्धर — ३६४ मत

कुल खसेको मत : ४१२

बदर मत : ३


यस निर्वाचनबाट क्षेत्र नं. २, प्रदेश ‘ख’ मा खुला प्रतिस्पर्धा र समावेशी प्रतिनिधित्व दुवैलाई समेट्दै कुल १४ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्। काठमाण्डौ क्षेत्र नं २ प्रदेश (ख) निर्वाचन क्षेत्रबाट १४ जना प्रतिनिधि चयन हुनुले यस क्षेत्रको पार्टीगत प्रतिनिधित्वको आकार र संगठनात्मक उपस्थितिलाई समेत दर्शाएको छ।


समावेशी क्लस्टरबाट सर्वसम्मत चयन तथा खुलातर्फ प्रतिस्पर्धात्मक निर्वाचनमार्फत प्रतिनिधि छनोट हुनुले पार्टीभित्र विभिन्न समूहको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गरेको देखिन्छ। निर्वाचित १४ जना प्रतिनिधिले अब पार्टीको आगामी महाधिवेशनमा काठमाडौं क्षेत्र नं. २, प्रदेश ‘ख’ को प्रतिनिधित्व गर्नेछन्।


प्रतिक्रिया