साँखु सालीनदी नजिक बेवारिसे अवस्थामा भेटिएका बोल्न नसक्ने पुरुषको पहिचानका लागि आग्रह

lawanyasandesh.com

साँखु काठमाण्डौं। शंखरापुर नगरपालिका वडा नं. ७ स्थित सालीनदी नजिक एक जना बोल्न नसक्ने पुरुष व्यक्ति बेवारिसे अवस्थामा फेला परेका छन्।

मिति २०८३ जेठ ३ गते बेलुका करिब ६ः३० बजे फेला परेका ती व्यक्तिले आफ्नो नाम, थर तथा ठेगाना बताउन नसक्ने प्रहरीले जनाएको छ। अन्दाजी ५५ देखि ६० वर्ष उमेरका ती पुरुषलाई हाल प्रहरी प्रभाग साँखुको संरक्षणमा राखिएको छ।

सामुदायिक प्रहरी सेवा केन्द्र साँखु तथा नाङ्गलेभारे प्रहरी चौकीले सार्वजनिक गरेको विवरणअनुसार फेला परेका व्यक्तिको पहिचान खुल्न नसकेको हुँदा उहाँलाई चिन्नुहुने व्यक्ति वा आफन्तजनलाई सम्पर्कमा आउन आग्रह गरिएको छ।

प्रहरीले सम्बन्धित व्यक्तिका आफन्त वा चिनजानका व्यक्तिलाई खबर गरिदिन तथा थप जानकारीका लागि प्रहरी प्रभाग साँखुको सम्पर्क नम्बर ९८५१२८३००५ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया