राष्ट्रपति राम चन्द्र पौडेलले शनिबार एकैचोटि थप तीन वटा अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी गरिएको जनाएको हो।
जारी गरिएका अध्यादेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ रहेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेशहरू जारी गरिएको हो। संसद् अधिवेशन नरहेको अवस्थामा तत्काल कानुनी व्यवस्था आवश्यक परेमा सरकारले अध्यादेशमार्फत कानुन ल्याउने संवैधानिक व्यवस्था रहेको छ।
यसअघि पनि राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा सहकारीसम्बन्धी अध्यादेश, सार्वजनिक खरिदसम्बन्धी अध्यादेश तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी गरिसकेका थिए।
सरकारले कुल ६ वटा अध्यादेश जारी गर्न सिफारिस गरेकोमा अब सबै अध्यादेश जारी भइसकेका छन्। पछिल्ला अध्यादेशहरू शिक्षा, स्वास्थ्य र सार्वजनिक प्रशासनसँग सम्बन्धित भएकाले ती क्षेत्रको व्यवस्थापन, सुधार तथा कानुनी स्पष्टतामा सहयोग पुग्ने अपेक्षा गरिएको