शंखरापुर, काठमाण्डौं।
फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार मेक्सिको सिटीमा सम्पन्न खेलमा घरेलु टोली मेक्सिकोले इक्वेडरलाई २–० ले पराजित गर्दै राउन्ड अफ १६ मा स्थान सुरक्षित गरेको छ।
मेक्सिकोको जितमा जुलियन क्विनोन्सले खेलको २२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ३१औँ मिनेटमा राउल जिमेनेजले अर्को गोल थप्दै मेक्सिकोको जित सुनिश्चित गरे।
दुवै टोलीले त्यसपछि गोल गर्ने अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन। खेलको इन्जुरी समयमा इक्वेडरका डिफेन्डर पिएरो हिन्कापिएले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो।
यस जितसँगै मेक्सिकोले अन्तिम १६ मा स्थान बनाएको छ भने क्वार्टरफाइनल प्रवेशका लागि अब अर्को चरणमा प्रतिस्पर्धा गर्नेछ।
01 July 2026