मन्त्रीहरूको मर्यादाक्रम हेरफेर मन्त्रीहरूको नयाँ मर्यादाक्रम सार्वजनिक, सोबिता गौतम सातौँ स्थानमा,सुधन गुरुङ्ग झरेर पाँचौमा।

lawanyasandesh.com

साँखु,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह को सिफारिसमा राष्ट्रपति पौडेलले मन्त्रीहरूको मर्यादाक्रम परिवर्तन गर्नुभएको हो।
हेरफेर गरिएको नयाँ मर्यादाक्रमअनुसार यसअघि तेस्रो वरीयतामा रहेका गृहमन्त्री सुधन गुरूङ पाँचौँ स्थानमा झर्नुभएको छ भने चौथो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो स्थानमा उक्लिनुभएको छ। त्यस्तै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ छैठौँ स्थानबाट चौथो स्थानमा उक्लिनुभएको छ भने भौतिक पूर्वाधार तथा योजनामन्त्री सुनील लम्साल पाँचौँबाट छैठौँ स्थानमा झर्नुभएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम लाई १२औँ वरीयताबाट सातौँ स्थानमा तानिएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादी १५औँबाट आठौँ स्थानमा उक्लिनुभएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल ११औँबाट नवौँ स्थानमा आउनुभएको छ।
स्वास्थ्यमन्त्री निशा मेहता नवौँबाट दशौँमा सारिनुभएको छ भने शिक्षामन्त्री सस्मित पोखरेल आठौँबाट ११औँ स्थानमा झारिनुभएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज (गनेश) पौडेल सातौँ वरीयताबाट १२औँ स्थानमा झर्नुभएको छ।
यसैगरी सञ्चारमन्त्री विक्रम तिमिल्सिना १०औँ स्थानबाट १३औँमा झारिनुभएको छ। कृषिमन्त्री गीता चौधरी १३औँबाट १४औँमा परेकी छन् भने श्रममन्त्री दिपक कुमार साह १४औँबाट १५औँ स्थानमा झर्नुभएको छ।
राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद् सदस्यहरूको मर्यादाक्रम पुनःसमायोजन गर्दै नयाँ कार्यविभाजन अनुसार सरकारको कामकारबाही सञ्चालन हुने जनाएको छ।

प्रतिक्रिया