साँखु काठमाण्डौं। । सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधनको भाडा बढाउने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर लागू गर्ने तयारी गरेको जनाएको छ।
नयाँ निर्णयअनुसार सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। यस्तै, पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि र सञ्चालन खर्च बढेका कारण भाडा समायोजन गरिएको जनाइएको छ। भाडा वृद्धि लागू भएपछि दैनिक यात्रा खर्च र उपभोग्य वस्तुको मूल्यमा असर पर्ने अनुमान गरिएको छ।
08 April 2026