सल्लाघारीमा मोटरसाइकल दुर्घटना, घाइतेलाई भक्तपुर अस्पताल लगियो घाइतेको पहिचान खुल्न बाँकी

lawanyasandesh.com

साँखु,काठमाण्डौं। भक्तपुर सल्लाघारी क्षेत्रमा आज मोटरसाइकल दुर्घटना हुँदा एक व्यक्ति घाइते भएका छन्। घाइतेलाई तत्काल उद्धार गरी भक्तपुर अस्पतालमा उपचारका लागि लगिएको छ।


दुर्घटनामा संलग्न मोटरसाइकलको नम्बर बा ४७ प २१६७ रहेको बताइएको छ। हालसम्म घाइते व्यक्तिको पहिचान खुल्न सकेको छैन।

उक्त मोटरसाइकल वा घाइते व्यक्तिलाई चिन्ने आफन्त, साथीभाइ वा परिवारजनले यथाशीघ्र भक्तपुर अस्पतालमा सम्पर्क गरी आवश्यक जानकारी लिन अनुरोध गरिएको छ।


स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य सम्पन्न भएको थियो भने घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया