सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न नगरपालिकाको आग्रह

lawanyasandesh.com

शंखरापुर,काठमाण्डौं । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीले आर्थिक वर्ष २०८३/८४ मा समेत भत्ता निरन्तर प्राप्त गर्न तोकिएको समयभित्र आफ्नो विवरण नवीकरण गराउनुपर्ने भएको छ। नगरपालिकाले संलग्न सूचीमा नाम रहेका सम्पूर्ण लाभग्राहीलाई सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी निर्धारित समयभित्र विवरण नवीकरण गराउन आग्रह गरेको हो।

नगरपालिकाले सार्वजनिक गरेको सूचनामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीले आफ्नो विवरण सम्बन्धित वडा कार्यालयमा गई नवीकरण गराउन अनुरोध गरिएको छ। भत्ता प्राप्त गर्ने लाभग्राहीले समयमै नवीकरण प्रक्रिया पूरा गरी सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत प्राप्त हुँदै आएको सुविधा निरन्तरता दिनुपर्ने नगरपालिकाले जनाएको छ।

तोकिएको समयभित्र विवरण नवीकरण नगरेमा प्रचलित कानुनबमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नबाट छुट हुन सक्ने भएकाले निर्धारित समयसीमालाई विशेष ध्यान दिन नगरपालिकाले अनुरोध गरेको छ।

नगरपालिकाले संलग्न सूचीमा आफ्नो नाम भए–नभएको यकिन गरी आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न तथा नवीकरणसम्बन्धी प्रक्रिया समयमै पूरा गर्नसमेत सम्पूर्ण लाभग्राहीमा आग्रह गरेको छ।

नबिकरण हुन बाँकी जेष्ठ नागरिक तथा एकल महिलाहरुको list


प्रतिक्रिया