रास्वपा काठमाडौं जिल्ला अधिवेशन सम्पन्न : राजा शाक्यको नेतृत्वमा नयाँ जिल्ला समिति निर्वाचित

lawanyasandesh.com

साँखु काठमाण्डौं। काठमाडौं जिल्लाको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट राजा शाक्यको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति निर्वाचित भएको छ। निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शुभकामना र बधाई व्यक्त गर्ने क्रम सुरु भएको छ।


अधिवेशनको अन्तिम मत परिणामअनुसार सभापति पदमा राजा शाक्य २५१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सुरेश सापकोटाले १८२ मत प्राप्त गरेका छन्। यसैगरी उपसभापति पदमा रबिन्द्र गौतम २१६ मतसहित निर्वाचित हुँदा स्वयंवर खड्काले २११ मत प्राप्त गरेका थिए।


सचिव पदमा सन्तमान महर्जनले २९७ मत प्राप्त गर्दै विजयी बनेका छन् भने रमेश न्यौपानेले १३१ मत प्राप्त गरेका छन्। सहसचिव पदमा सौरभ बस्नेतले ३२५ मत प्राप्त गरी प्रभावशाली जित हासिल गरेका छन् भने गणेश थापाले ९५ मत प्राप्त गरेका थिए।

सदस्य पदतर्फ बलराम कार्की २३६ मतसहित निर्वाचित भएका छन्। त्यसैगरी सम्शेर श्रेष्ठ १८२ मत तथा केदार रैला १६६ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित भएका छन्। अन्य उम्मेदवारमध्ये रत्नकाजी महर्जनले १६२, राजेन्द्र मुनिले १४१ तथा प्रकाश चौलागाईंले १३९ मत प्राप्त गरेका थिए।


नवनिर्वाचित सभापति राजा शाक्य, उपसभापति रबिन्द्र गौतम, सचिव सन्तमान महर्जन, सहसचिव सौरभ बस्नेत तथा सम्पूर्ण निर्वाचित सदस्यहरूलाई विभिन्न व्यक्तित्व तथा शुभेच्छुकहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशहरूमा नयाँ नेतृत्वले राजधानी काठमाडौं जिल्लालाई संगठनात्मक रूपमा सुदृढ बनाउँदै देशभरकै लागि नमुना जिल्ला बनाउने विश्वास व्यक्त गरिएको छ। साथै, समृद्धि, सुशासन, संगठन विस्तार र जनमुखी गतिविधिमार्फत जिल्लाको विकास तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

नवनिर्वाचित जिल्ला समितिसँग आगामी दिनमा सहकार्य, सहयोग र संगठनको उद्देश्य प्राप्तिका लागि सबै पक्ष प्रतिबद्ध रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले संगठनलाई थप गतिशील, प्रभावकारी र परिणाममुखी बनाउने विश्वास सहभागी तथा शुभेच्छुकहरूले व्यक्त गरेका छन्।

निर्वाचित पदाधिकारी

सभापति: राजा शाक्य (२५१ मत)

उपसभापति: रबिन्द्र गौतम (२१६ मत)

सचिव: सन्तमान महर्जन (२९७ मत)

सहसचिव: सौरभ बस्नेत (३२५ मत)

निर्वाचित सदस्य

बलराम कार्की – २३६ मत

सम्शेर श्रेष्ठ – १८२ मत

केदार रैला – १६६ मत

प्रथम काठमाडौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संगठनलाई नयाँ दिशा र ऊर्जा प्रदान गरेको सहभागीहरूको भनाइ रहेको छ। आगामी कार्यकालमा नयाँ नेतृत्वले संगठनात्मक एकता, प्रभावकारी व्यवस्थापन तथा विकासमुखी कार्यक्रममार्फत काठमाडौं जिल्लालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया