हर्मुज खोल्न इरानलाई ४८ घन्टाको अल्टिमेटम, आक्रमण घटाउने संकेतपछि पुनः ट्रम्पको कडा चेतावनी

lawanyasandesh.com

साँखु,काठमाण्डौं।अमेरिकी राष्ट्रपति Donald Trump ले Iran लाई साँघुरो समुद्री मार्ग Strait of Hormuz पूर्ण रूपमा खुला गर्न ४८ घन्टाको अल्टिमेटम दिएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म Truth Social मा पोस्ट गर्दै निर्धारित समयभित्र मार्ग नखोलिए इरानका प्रमुख विद्युत उत्पादन केन्द्रहरू ध्वस्त पार्ने चेतावनी दिएका हुन्।

ट्रम्पले ‘४८ घन्टाभित्र हर्मुज पूर्ण रूपमा नखुलाए अमेरिकाले इरानका विभिन्न विद्युत केन्द्रहरूमा कारबाही सुरू गर्नेछ र सबैभन्दा ठूलो केन्द्रबाट आक्रमण सुरू हुनेछ’ भन्दै कडा सन्देश दिएका छन्। विश्व बजारमा पुग्ने २० प्रतिशतभन्दा बढी पेट्रोलियम तथा इन्धनजन्य पदार्थ यही जलमार्गबाट ढुवानी हुने भएकाले यसमा अवरोध आउँदा विश्व अर्थतन्त्र प्रभावित भएको छ।
हाल इरानले अमेरिकी, इसराइली तथा उनीहरूलाई समर्थन गर्ने देशका जहाजहरूलाई लक्षित गर्दै आक्रमण गरिरहेको बताइएको छ। यसका कारण मार्ग बन्दप्रायः भएको छ भने भारतीय जहाजहरूलाई भने प्रयोग गर्न दिइएको जनाइएको छ। इरानी सर्वोच्च नेता Ali Khamenei को मृत्युबारे भारतले समवेदना व्यक्त गरेपछि यस्तो सुविधा दिइएको चर्चा छ। इरानमा हाल सर्वोच्च नेता रहेका Mojtaba Khamenei अझ कट्टर मानिने र हर्मुज क्षेत्रमा आक्रमण जारी राख्न निर्देशन दिएको दाबी गरिएको छ।
हर्मुज क्षेत्रमा तनाव बढेपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा उकालो लागेको छ। युद्धअघि करिब ७० अमेरिकी राष्ट्रपति Donald Trump ले Iran लाई साँघुरो समुद्री मार्ग Strait of Hormuz पूर्ण रूपमा खुला गर्न ४८ घन्टाको अल्टिमेटम दिएका छन्। उनले सामाजिक सञ्जाल Truth Social मा पोस्ट गर्दै निर्धारित समयभित्र मार्ग नखोलिए इरानका प्रमुख विद्युत उत्पादन केन्द्रहरू ध्वस्त पार्ने चेतावनी दिएका हुन्।

ट्रम्पले ४८ घन्टाभित्र हर्मुज पूर्ण रूपमा नखुलाए अमेरिकाले इरानका विभिन्न विद्युत केन्द्रहरूमा कारबाही सुरू गर्ने र सबैभन्दा ठूलो केन्द्रबाट आक्रमण सुरू हुने बताएका छन्। विश्व बजारमा पुग्ने २० प्रतिशतभन्दा बढी पेट्रोलियम तथा इन्धनजन्य पदार्थ यही जलमार्गबाट ढुवानी हुने भएकाले यसमा अवरोध आउँदा विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ। युद्धअघि करिब ७० डलर प्रतिब्यारेल रहेको कच्चा तेलको मूल्य तीन सातामै १०० डलरभन्दा माथि पुगेको बताइएको छ।

इरानले अमेरिकी, इसराइली तथा उनीहरूलाई समर्थन गर्ने देशका जहाजहरूलाई लक्षित गर्दै आक्रमण गरिरहेको जनाइएको छ, जसका कारण मार्ग बन्दप्रायः बनेको छ। भारतीय जहाजहरूलाई भने प्रयोग गर्न दिइएको बताइएको छ। इरानी सर्वोच्च नेता Ali Khamenei को मृत्युबारे भारतले समवेदना व्यक्त गरेपछि यस्तो सुविधा दिइएको चर्चा छ। हाल सर्वोच्च नेता रहेका Mojtaba Khamenei लाई अझ कट्टर मानिन्छ र उनले हर्मुज क्षेत्रमा आक्रमण जारी राख्न निर्देशन दिएको दाबी गरिएको छ।

यसअघि ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीका अधिकांश उद्देश्य पूरा भएको दाबी गर्दै आक्रमण क्रमशः घटाउने संकेत दिएका थिए। उनले इरानको मिसाइल क्षमता, प्रतिरक्षा प्रणाली, नौसेना तथा वायुसेना कमजोर पारिएको र आणविक कार्यक्रम सञ्चालन गर्न नसक्ने अवस्थामा पुर्‍याइएको दाबी गरेका थिए। तर आक्रमण घटाउने संकेत दिएको भोलिपल्टै उनले पुनः हर्मुज खुलाउन कडा अल्टिमेटम जारी गरेका हुन्।

यता हर्मुज क्षेत्रमा बढ्दो तनावबीच इरानी सुरक्षा निकायको नियन्त्रणमा रहेका नेपाली युवकको रिहाइका लागि कूटनीतिक पहल गर्न आग्रह गरिएको छ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समार्फत इरानको नियन्त्रणमा रहेका नेपाली नागरिकको सुरक्षित रिहाइका लागि सरकारसँग तत्काल कूटनीतिक र राजनीतिक पहल गर्न माग गरेका हुन्।

उनले इरानी सुरक्षा निकायको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा भएको उल्लेख गर्दै उनको शीघ्र रिहाइको अपेक्षा व्यक्त गरेका छन्। “झाको रिहाइ कुशलतापूर्वक चाँडै होस् र समग्र द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना,” उनले बताएका छन्।

परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काले पनि स्ट्रेट अफ हर्मुज क्षेत्रबाट इरानी सुरक्षा निकायले एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएको जानकारी दिएका थिए। पछिल्लो विवरणअनुसार इरानमा हाल ११ जना नेपाली नागरिक रहेको जनाइएको छ।

हर्मुज क्षेत्रमा बढ्दो सैन्य तनाव, तेल आपूर्तिमा अवरोध र नेपाली नागरिक नियन्त्रणमा परेको घटनाले अन्तर्राष्ट्रिय चासोका साथै नेपाल सरकारमाथि कूटनीतिक पहल तीव्र बनाउन दबाब बढेको

प्रतिक्रिया