काठमाडौं–२ कांग्रेसमा सर्वसम्मत नेतृत्व चयन

lawanyasandesh.com

शंखरापुर,काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं. २ मा क्षेत्रीय अधिवेशन तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट नेतृत्व र प्रतिनिधि चयनको प्रक्रिया सर्वसम्मत रूपमा सम्पन्न भएको छ।

क्षेत्रीय सभापतिमा कबिर शर्मा फुँयाल तथा प्रदेशसभा क्षेत्र नं. २(क) र २(ख) को सभापतिमा क्रमशः पुष्कर बस्ताकोटी र सीताराम आचार्य सर्वसम्मत चयन हुनुभएको हो। क्षेत्रीय कार्यसमिति, दुवै प्रदेशसभा क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधि चयनसमेत सहमतिका आधारमा सम्पन्न भएको जनाइएको छ।

क्षेत्रीय सभापतिमा चयन हुनुभएका फुँयालको नेतृत्वमा २२ सदस्यीय क्षेत्रीय कार्यसमिति गठन भएको छ। सचिवमा कृष्णराम रायमाझी तथा सहसचिवमा अन्जु कार्की र विजय कृष्ण श्रेष्ठ (भास्कर) चयन हुनुभएको छ।

क्षेत्रीय कार्यसमिति सदस्यमा प्रणव घिमिरे, कमलबहादुर भट्टराई, रेक्लुज तिमिल्सिना, लोकेन्द्र बस्नेत, राजन दाहाल, गायत्री केसी, आशिष तामाङ, मनमाया श्रेष्ठ, सुदिप पाण्डित, श्रीजन खड्का, विमलकुमार निरौला, जया मिश्र, जयराम चापागाईं, गणेश दुलाल, ईश्वरी शर्मा, सरस्वती रायमाझी कार्की, शिवराम श्रेष्ठ र निरा श्रेष्ठ चयन हुनुभएको छ।

कार्यसमितिमा महिला, युवा तथा विभिन्न समावेशी समूहको प्रतिनिधित्वलाई समेटिएको जनाइएको छ।

२(क) मा बस्ताकोटी, २(ख) मा आचार्य

काठमाडौँ क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा क्षेत्र २(क) को सभापतिमा पुष्कर बस्ताकोटी सर्वसम्मत चयन हुनुभएको छ। उहाँको नेतृत्वमा उपसभापतिमा राजन पराजुली, सचिवमा सुभाष रिसाल तथा सहसचिवमा राजेन्द्र पराजुली र निशा थापा चयन हुनुभएको छ।

त्यस्तै, सदस्यमा रचना गौतम, लक्ष्मी पाण्डे, निर्मल वयलकोटी, शाश्वत अधिकारी, मदन केसी, श्याम रिजाल, शोभा घिमिरे, सिताराम पोखरेल, शिशिरराज पाण्डे, उमा ढकाल, कल्पना खड्का, उमेशलाल मास्के र मुना घले चयन हुनुभएको छ।

प्रदेशसभा क्षेत्र २(ख) को सभापतिमा सीताराम आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ। उपसभापतिमा सानुकान्छा छ्लान, सचिवमा केदार घिमिरे तथा सहसचिवमा विभूष श्रेष्ठ र रेखा शर्मा चयन हुनुभएको छ।

सदस्यमा शान्ति पुडासैनी, जानुका चापागाईं, माछी दुलाल, देवेन्द्र सिँहडा, गणेशबहादुर कटुवाल, शुभाषचन्द्र दाहाल, कुमार खडिवडा, सूर्यबहादुर केसी, रमेश तिवारी, सुजनमाया श्रेष्ठ, सुनिता पुडासैनी, वसन्त तामाङ र रेनुमाया थिङ चयन हुनुभएको छ।

३४ महाधिवेशन प्रतिनिधि चयन

काठमाडौँ–२ बाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि ३४ जना महाधिवेशन प्रतिनिधिसमेत सर्वसम्मत चयन भएका छन्।

महाधिवेशन प्रतिनिधिमा उपेन्द्र कार्की, शंकर थापा, भीमार्जन आचार्य, जयराम पुडासैनी, लवराम दाहाल, विकल्प अधिकारी, राजाराम पुडासैनी, विनोद पराजुली, उमेश गुरुङ, हरिश्चन्द्र श्रेष्ठ, प्रतिमा गौतम, शर्मिला कार्की थापा, मञ्जु खड्का, संगीता श्रेष्ठ, सत्यमान लामा, सुशील फुयाल, प्रकृति भण्डारी, सन्तोष चोलागाईं, दिनेश पुडासैनी, कुश श्री न्यौपाने, प्रह्लाद सुनुवार, हरिशरण नेपाली, भपी दंगाल (भरत), होमनाथ गौतम, ओमबहादुर कार्की, श्याम कार्की, पुरुषोत्तम चोलागाईं, पवित्रा हुमागाईं लामिछाने, भद्रा पराजुली भण्डारी, द्रोणा खड्का, गोविन्दबहादुर श्रेष्ठ, सुना बहादुर तामाङ, सोना परियार र डा. सुमेध मिश्र चयन हुनुभएको छ।

प्रतिनिधि चयनमा खुला, महिला, श्रमिक, पेशागत तथा व्यवसायी, युवा, अपाङ्गता, अल्पसंख्यक, दलित तथा प्रजातन्त्र सेनानीलगायत विभिन्न समूहको प्रतिनिधित्व समेटिएको जनाइएको छ।

यसैगरी प्रदेश(ख)बाट अधिवेशन प्रतिनिधितर्फ सुस्मिता ओझा, नानीमैयाँ पुर्कुटी, दामोदर गजुरेल, पावल बज्राचार्य, राजेन्द्र भक्त श्रेष्ठ, हरिभक्त पुडासैनी, दीपक खड्का, सरोज जंग थापा, गौरव थापा, अनिल थापा, मनोज श्रेष्ठ, प्रेक्षा बस्नेत, उदय थिङ, मोहनकुमार कटुवाल, गजेन्द्र पुडासैनी, मनोहर चापागाईं, सलमान बिसुन्खे, नीरबहादुर कार्की, लक्ष्मण पुरी, कृष्णजी दाहाल, सिला थापा, कमला न्यौपाने, कैलाश श्रेष्ठ, समिता श्रेष्ठ र मो. हमिदुर रहमान सिद्दिकी चयन हुनुभएको छ।

यसैगरी प्रदेश(क)बाट अधिवेशन प्रतिनिधितर्फ नरेश खड्का,श्याम बुढाथोकी,उत्तम प्रकाश शर्मा,बसन्त घिमिरे,रुद्र लाकौल,चोपराज कोइराला,अनिरुद्ध भट्टचार्य,हरिहर ढकाल,बहादुर सिंह विष्ट,श्रेया निरौला,केयुर न्यौपाने,नारायण नेपाल,सौरभ श्रेष्ठ,नगेन्द्र पराजुली,गीता मंग्रान्ती,चेतनाथ पाण्डे,उद्धव प्रसाद गौतम,नरेन्द्र पराजुली,विमला लामिछाने,सिता कार्की,राजकुमार लामा,रितु श्रेष्ठ,भोगेन्द्र ठाकुर चयन हुनु भएको छ।

‘तल्लो तहबाटै नेतृत्व निर्माण आवश्यक’

नवनिर्वाचित क्षेत्रीय सभापति फुँयालले पार्टी संगठनलाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउन तल्लो तहबाटै नेतृत्व निर्माणको अभ्यास आवश्यक रहेको बताउनुभएको छ।

काठमाडौँ–२ मा असोज १० गते नै सौहार्दपूर्ण वातावरणमा क्षेत्रीय अधिवेशन सम्पन्न गरी सहमतिमै नेतृत्व तथा प्रतिनिधि चयन गरिएको छ। समयमै र सर्वसम्मत रूपमा अधिवेशन हुनु संगठनभित्रको बलियो सहकार्य तथा समन्वयको परिणाम भएको क्षेत्रीय सभापति कबिर शर्मा फुँयालले बताउनुभयो।

​पार्टी नेतृत्वलाई तल्लो तहसम्म जोड्ने, युवा र महिलाको सहभागिता बढाउने तथा विभिन्न पेशागत अनुभवीहरूलाई पार्टी संरचनामा समेट्ने केन्द्रीय नीतिलाई पूर्ण रूपमा अनुसरण गरिएको उहाँले उल्लेख गर्नुभयो। सोही अनुसार देशभरिमै सबैभन्दा छिटो र अनुशासित रूपमा अधिवेशन सम्पन्न गर्ने क्षेत्रको रूपमा काठमाडौँ–२ लाई स्थापित गर्न सफल भएको सभापति फुँयालको दाबी छ।

पार्टी नेतृत्वलाई तल्लो तहसम्म जोड्ने, युवा तथा महिलाको सहभागिता बढाउने र विभिन्न पेशा तथा व्यवसायमा रहेका अनुभवी व्यक्तिलाई संगठनमा समेट्ने नीतिअनुसार अधिवेशन सम्पन्न गरिएको उहाँले बताउनुभयो।

क्षेत्रीय कार्यसमितिदेखि प्रदेशसभा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिसम्म सर्वसम्मत चयन भएपछि काठमाडौँ–२ को अधिवेशनले संगठनभित्र सहमति, समन्वय र सहकार्यको अभ्यासलाई थप बल दिएको कांग्रेसका स्थानीय नेता तथा कागेश्वरी मनोहराका प्रमुख उपेन्द्र कार्किले बताएका छन्।

प्रतिक्रिया