प्रधानमन्त्री कप: 'विभागीय डर्बी'मा पुलिसको गर्जन, एपीएफ धराशायी

lawanyasandesh.com

साँखु,काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ मा नेपाल पुलिस क्लबले सानदार पूनरागमन गरेको छ। पहिलो खेलमा आर्मीसँग पराजित पुलिसले दोस्रो खेलमा भने अर्को विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई १८५ रनको विशाल अन्तरले पाखा लगाउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
ब्याटिङमा पुलिसको शक्ति प्रदर्शन
​मूलपानी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रनको विशाल स्कोर खडा गर्‍यो। पुलिसको इनिङ्समा कुनै एक खेलाडीको मात्र नभई सामूहिक प्रयास देखियो:
• ​शंकर राना: ६१ रन (५४ बल, ५ चौका, ४ छक्का)
• ​दिनेश खरेल: ६० रन
• ​दिलसद अलि: ५१ रन (अविजित)
• ​आरिफ शेख: ५० रन (कप्तानको जिम्मेवारीपूर्ण पारी)
• ​रासिद खान: ४४ रन
• ​अमित श्रेष्ठ: ३९ रन
​एपीएफका बलरहरू कमलसिंह ऐरी र अमरसिंह रौतेलाले २–२ विकेट लिए पनि पुलिसको रनको गति रोक्न सकेनन्।
​एपीएफको फितलो जवाफ
​३५६ रनको 'हिमाल' जस्तै लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा मात्र १७० रनमा समेटियो। एपीएफका लागि नन्दन यादवले सर्वाधिक ४४ र कमलसिंह ऐरीले ३५ रन जोडे पनि शीर्ष क्रमका ब्याटरहरू चल्न सकेनन्। कप्तान रोहित पौडेल ११ र आसिफ शेख १८ रनमै पभेलियन फर्किएपछि एपीएफ दबाबमा परेको थियो।
पुलिसको बलिङ आक्रमण:
• ​ललित राजवंशी: ३ विकेट (स्पिन जादु)
• ​करण केसी, रासिद खान र दिनेश खरेल: २–२ विकेट
• ​सागर ढकाल: १ विकेट
​खेलको मुख्य तथ्याङ्क


पहिलो खेलमा बागमतीलाई हराएको एपीएफका लागि यो पहिलो हार हो भने आर्मीसँग हारेको पुलिसका लागि यो जित मनोबल उच्च बनाउने माध्यम बनेको छ। दुवै टोलीले अबका खेलमा आफ्नो लयलाई कसरी निरन्तरता दिन्छन्, त्यो हेर्न बाँकी छ।

प्रतिक्रिया