साँखु,काठमाडौं। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फ हालसम्म ७९,२३,९०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट अग्रतासहित पहिलो स्थानमा देखिएको छ। प्राप्त विवरण अनुसार रास्वपाले सबैभन्दा बढी ३८,२८,५५९ मत प्राप्त गर्दै अन्य दलहरूभन्दा फराकिलो अन्तर बनाएको छ।
त्यसैगरी नेपाली कांग्रेस १२,९१,६९६ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा एमाले १०,९०,७४५ मतसहित तेस्रो स्थानमा रहेको छ। नेपाल कम्युनिष्ट पार्टिले ५,६४,३८२ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २,६७,५९८ मत ल्याएको छ।
यसैगरी श्रम संस्कृति पार्टी ले २,६३,१०२ मत प्राप्त गरेको छ। अन्य साना दलहरूमा राष्ट्रिय परिवर्तन पार्टीले १,१०,२६५ मत तथा जनता समाजवादि पार्टीले १,१६,९११ मत प्राप्त गरेका छन्। केही अन्य दलहरूले पनि सीमित मत प्राप्त गरेका छन्।
समानुपातिक परिणामसँगै प्रत्यक्षतर्फको मतगणनामा पनि रास्वपाको प्रभावशाली प्रदर्शन देखिएको छ। हालसम्मको विवरण अनुसार रास्वपाले १२४ सिटमा विजय हासिल गरिसकेको तथा १ सिटमा अग्रता कायम गर्दै कुल १२५ सिट हासिल हुने देखिन्छ। नेपाली कांग्रेसले १७ सिट जितेर १ सिटमा अग्रता सहित १८ सिट प्राप्त गर्ने देखिन्छ भने नेकपा एमालेले ८ सिटमा विजय हासिल गरिसकेको तथा १ सिटमा अग्रता कायम राखिरहेको छ।
त्यसैगरी नेकपाले ७ सिट, राप्रपाले १ सिट, श्रम संस्कृति पार्टीले ३ सिट प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवारहरूले २ सिट जितेका छन्।
देशभर जारी मतगणनाको पछिल्लो नतिजाले नयाँ राजनीतिक शक्तिको रूपमा उदाएको रास्वपाप्रति जनताको विश्वास बढ्दो रहेको संकेत गरेको विश्लेषण गरिएको छ। मतगणना अझै जारी रहेकाले अन्तिम परिणाममा केही परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतहरूले बताएका छन्।