शंखरापुरमा भाद्र १७ गते नृसिंह भगवानको भव्य जात्रा

lawanyasandesh.com

शंखरापुर, काठमाडौं — ऐतिहासिक तथा सांस्कृतिक नगरी शंखरापुर (साँखु) मा परम्परादेखि श्रद्धा र उल्लासपूर्वक मनाउँदै आइएको श्री श्री श्री नृसिंह भगवानको पूजा तथा भव्य जात्रा यस वर्ष पनि आयोजना हुने भएको छ।


भाद्र १७ गते बुधबार दिउँसो १ बजेदेखि हुने जात्रामा नृसिंह भगवानको पूजा–आराधनासहित नगर परिक्रमा गरिनेछ। धार्मिक आस्था, मौलिक संस्कृति र पुस्तौँदेखि कायम रहेको परम्परालाई निरन्तरता दिने यस पावन अवसरमा नगरवासी, भक्तजन तथा धर्म–संस्कृतिप्रेमीहरूको सहभागिताका लागि आयोजकले हार्दिक आह्वान गरेको छ।


नृसिंह भगवानको दर्शन तथा पूजा–आराधनामा सहभागी भई धार्मिक पुण्य लाभ लिनुका साथै शंखरापुरको मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणमा हातेमालो गर्न सम्पूर्ण भक्तजनमा अनुरोध गरिएको छ।

स्थान : शंखरापुर (नगर परिक्रमा)
मिति : २०८३ भाद्र १७ गते, बुधबार
समय : दिउँसो १ बजे

प्रतिक्रिया