काङ्ग्रेस अधिवेशन : क्षेत्र नं. २ का विभिन्न वडामा नेतृत्व चयन, असोज ७ गते पालिका अधिवेशन

lawanyasandesh.com

लावण्य/काठमाडौँ। नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ गतेदेखि सुरु भएको अधिवेशन प्रक्रियाअन्तर्गत देशभरका विभिन्न स्थानीय तहमा वडा अधिवेशन सम्पन्न भएका छन्। कतिपय पालिकाका वडामा सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको छ भने केही स्थानमा असोज ४ गते वडा अधिवेशन सम्पन्न भएको छ।


अधिवेशनअन्तर्गत विभिन्न पालिकाका वडा तहमा सभापति, कार्यसमितिका पदाधिकारी तथा सदस्य र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। यसक्रममा केही स्थानमा युवाहरू पनि वडा तहको नेतृत्वमा निर्वाचित भएका छन्।


काठमाडौँ क्षेत्र नं. २ अन्तर्गत शङ्खरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका तथा काठमाडौँ महानगरपालिकाका विभिन्न वडामा वडा सभापति चयन भएका छन्।


शङ्खरापुर नगरपालिकामा


शङ्खरापुर नगरपालिका वडा नं. १ मा केशव लामिछाने, वडा नं. २ मा रनबहादुर थिङ, वडा नं. ३ मा षडकुमार खतिवडा, वडा नं. ४ मा जीवन स्याङ्तान, वडा नं. ५ मा प्रदिप थापा, वडा नं. ६ मा द्वारिकानाथ श्रेष्ठ, वडा नं. ७ मा गगन रञ्जित, वडा नं. ८ मा मनराम थिङ र वडा नं. ९ मा श्रीकृष्ण खड्का वडा सभापतिमा निर्वाचित भएका छन्।

कागेश्वरी मनोहरा नगरपालिकामा


कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ४ मा राम भँडेल, वडा नं. ५ मा निलाम्बर घिमिरे, वडा नं. ६ मा रोशन खनाल, वडा नं. ७ मा रञ्जन न्यौपाने, वडा नं. ८ मा मुक्ति दाहाल र वडा नं. ९ मा उदयबहादुर कार्की वडा सभापतिमा निर्वाचित भएका छन्।

काठमाडौँ महानगरपालिकामा


काठमाडौँ महानगरपालिका वडा नं. ९ मा सन्तोष गिरी र वडा नं. ३२ मा विनायक लामिछाने वडा सभापतिमा निर्वाचित भएका छन्।

वडा अधिवेशनबाट निर्वाचित तथा निर्विरोध निर्वाचित वडा सभापति, कार्यसमितिका पदाधिकारी एवं सदस्य र क्षेत्रीय प्रतिनिधिहरूले अब पालिका अधिवेशनमा सहभागिता जनाउनेछन्। नेपाली काङ्ग्रेसको अधिवेशन कार्यतालिकाअनुसार असोज ७ गते पालिका अधिवेशन हुने कार्यक्रम रहेको छ।


वडा तहको अधिवेशनसँगै काठमाडौँ क्षेत्र नं. २ अन्तर्गतका सम्बन्धित पालिकामा पनि नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ।

प्रतिक्रिया