शंखरापुर,काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं. २ का शंखरापुर र कागेश्वरी मनोहरा नगर कार्यसमितिको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ। दुवै नगरमा नेतृत्वसहित पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन भएका हुन्।
शंखरापुर नगर कार्यसमितिको तेस्रो नगर अधिवेशनबाट जीवनलाल श्रेष्ठ सभापतिमा चयन हुनुभएको छ। उपसभापतिमा प्रकाश स्याम्बो र सजनी श्रेष्ठ, सचिवमा दीपक दुलाल तथा उपसचिवमा रामबहादुर तामाङ चयन हुनुभएको छ।
अधिवेशनबाट २५ सदस्यीय नगर कार्यसमितिसमेत सर्वसम्मत चयन भएको छ। सदस्यमा विष्णुदेवी सिं डंगोल, राधाकृष्ण श्रेष्ठ, नवीन श्रेष्ठ, राजकुमार श्रेष्ठ, अञ्जली डंगोल, स्वेच्छा लाकोल, सत्यनारायण श्रेष्ठ, निर्मला तामाङ, सजन थिङ, धनकुमारी श्रेष्ठ, शर्मिला श्रेष्ठ, सोचाई तामाङ, रोजिन मानन्धर, निशान चौधरी, इन्द्रमान दोङ, लक्ष्मी तामाङ, केदारप्रसाद खनाल, रामशरण सुनुवार, विप्लव कार्की र सचिन रेग्मी चयन हुनुभएको जनाइएको छ।
यसैगरी कागेश्वरी मनोहरा नगर कार्यसमितिको सभापतिमा उद्धव दाहाल सर्वसम्मत चयन हुनुभएको छ। उपसभापतिमा भक्तलाल नगरकोटी र जानुका पुडासैनी कालिका, सचिवमा ध्रुव सुधन पुडासैनी तथा सहसचिवमा विदुर सापकोटा चयन हुनुभएको छ।
कागेश्वरी मनोहरामा वडा नं. १ देखि ९ सम्मका प्रतिनिधिका साथै समावेशी र युवा सदस्यको सहभागिता सुनिश्चित गरिएको छ। वडा तहबाट सुदर्शन खड्का, ईशा विष्ट थापा, अनिल फुयाल, रामप्यारी नगरकोटी, कैलाश पुडासैनी, सरिता पुडासैनी, सुवर्ण थापा, श्रीकुमारी श्रेष्ठ, प्रदीप पोखरेल, बिना दङ्गाल, रामेश्वर पौडेल, शोभना बराल, अमृत थापा, सावित्री प्रधान, सुरेश दाहाल, रामशिला फुयाँल, विनोद केसी र रोशनी खड्का चयन हुनुभएको छ।
समावेशी तथा युवा सदस्यतर्फ मनिषा बख्रेल, अर्जुन थपलिया, रोजन खड्का, सुष्मा विश्वकर्मा र मानध्वज सार्की चयन हुनुभएको छ। निर्वाचित पदाधिकारी तथा सदस्यलाई अधिवेशनका क्रममा प्रमाणपत्रसमेत वितरण गरिएको थियो।
अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नगरवासीको खुसी, समृद्धि र सुशासनका लागि पार्टीको संगठनलाई कानुनी तथा प्रक्रियागत ढङ्गबाट अघि बढाउन अधिवेशन महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले पार्टी विधानअनुसार चार वर्षमा गर्नुपर्ने अधिवेशन प्रक्रियालाई आत्मसात गर्दै १५औँ महाधिवेशनअन्तर्गतको अधिवेशन प्रक्रिया अघि बढाइएको उल्लेख गर्नुभयो।
प्रमुख कार्कीले नयाँ नेतृत्वले आगामी निर्वाचनलाई समेत ध्यानमा राखेर आम जनतासँग प्रत्यक्ष सम्पर्क र समन्वय बढाउँदै नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउने जिम्मेवारी काँधमा आएको बताउँदै नवनिर्वाचित नेतृत्वलाई अग्रिम शुभकामना दिनुभयो।
काठमाडौँ क्षेत्र नं. २ का सभापति कविर शर्माले सर्वसम्मत नेतृत्व चयनले संगठनभित्रको सहकार्य र एकतालाई थप मजबुत बनाउने बताउनुभयो। उहाँले नयाँ कार्यसमितिले वडा तहदेखि नै संगठनलाई सक्रिय र जनतासँग जोडेर अघि बढाउने अपेक्षा व्यक्त गर्नुभयो।
शंखरापुर र कागेश्वरी मनोहरा नगरमा नयाँ नेतृत्व सर्वसम्मत चयन भएसँगै क्षेत्र नं. २ मा कांग्रेसको स्थानीय संगठनको नेतृत्व नयाँ कार्यसमितिमा आएको छ। निर्वाचित पदाधिकारी तथा सदस्यलाई अधिवेशनका क्रममा प्रमाणपत्रसमेत वितरण गरिएको जनाइएको छ।